बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

पुस १५, २०८१

कान्तिपुर संवाददाता

Absconding accused in banking crime case arrested

काठमाडौँ — बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रामविक्रम खड्कालाई प्रहरीले पक्राउ गरेको छ। दोलखा तामाकोशी गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१५ चमती बस्ने २८ वर्षीय राम बिक्रम खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध उच्च अदालत पाटन ललितपुर र जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । फरार रहेका खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं टेकु क्षेत्रमा  बिहीबार पक्राउ गरेको हो।

पक्राउ परेका खड्कालाई आवश्यक अनुसन्धान र कारवाहीको लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको छ।

कान्तिपुर

Link copied successfully