घुससहित शाखा अधिकृत प्रसाईं पक्राउ

पुस १४, २०८१

कान्तिपुर संवाददाता

Branch officer arrested with bribe

काठमाडौँ — राष्ट्रिय किताब खाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौँमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं तीन लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

पेन्सनपट्टा बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगबाट खटिइ गएको टोलीले प्रसार्इंलाई सेवाग्राहीबाट रु तीन लाख घुस लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully