काठमाडौँ — प्रहरीले काठमाडौं महानगरपालिका–६ रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका बस्ने २५ वर्षीय पासाङ ग्याल्जेन शेर्पासमेत ८ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले नगद १ लाख ४५ हजार ५ सय रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
