कोही किन फुल्चोकीमा बाटो बिराउँछ ?

पुस १०, २०८१

कान्तिपुर संवाददाता

Why does anyone lose their way to Phulchoki?

काठमाडौँ — प्रहरीले ललितपुरको फुल्चोकी डाडामा हिउँ खेल्न, पदयात्रा, पिकनिक तथा घुम्न जानेहरूलाई छोटो बाटो प्रयोग नगर्न आग्रह गरेको छ । प्रहरीका अनुसार फुल्चोकी फेददेखि टुप्पोसम्म १३ किलोमिटरको दूरी छ ।

हिउँदमा हिउँ पर्ने भएकाले पनि फुल्चोकी जानेहरूको संख्या धेरै हुन्छ । हिउँ पर्ने ठाउँसम्म पुग्न करिब १० किलोमिटर यात्रा गर्नुपर्छ । साढे ८ किलोमिटर उकालो चढेपछि ‘डेन्जर जोन’ लेखिएको साइनबोर्ड भेटिन्छ । फुल्चोकी चुचुरोमा पुग्न सडक भए पनि ‘जंगल वाक’ को रमाइलोका लागि छोटो बाटो हिँड्नेहरू धेरै हुन्छन् । 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवरत्न पौडेलका अनुसार प्रायः मानिसहरू ‘डेन्जर जोन’बाट एक किलोमिटर तल झर्ने गर्छन् । ‘त्यहाँ एउटा काभ्रेको खानीगाउँ, अर्को चापाखर्क, फलामखानी र झरना खोला क्षेत्र जाने बाटो भेटिन्छ,’ उनले भने, ‘त्यहाँबाट पनि एक किलोमिटर तल झरेपछि बाटो नै हराउँछ । अनि अलपत्रमा पर्छन् ।’

सोमबार मात्रै फुल्चोकी डाँडामा घुम्न जाने क्रममा १३ जना हराएका थिए । उनीहरूले बाटो बिराएपछि प्रहरीको १०० मा सम्पर्क गरेका थिए । त्यसपछि उद्धारका लागि गएको प्रहरी टोली उनीहरूको खोजी गरेर आफन्तको जिम्मा लगाएको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully