काठमाडौँ — काठमाडौं महानगरपालिकाले बौद्धस्थित हायात रिजेन्सी होटलको ग्राउन्डमा राखिएको मदिराजन्य विज्ञापनहरू हटाएको जनाएको छ ।
महानगरले बुधबार हायातमा हुन लागेको सांगितीक कन्सर्टमा अनधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्डहरू हटाएको हो
महानगरले प्रहरी बल परिचालन गरी सो बोर्डहरू हटाएको जानकारी दिएको छ । मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत सो बोर्डहरू हटाइएको महानगरले जनाएको छ ।
