नागढुंगा खैरो हेरोइनसहित १ जना पक्राउ

पुस ८, २०८१

कान्तिपुर संवाददाता

Nagadhunga 1 person arrested with brown heroin

काठमाडौँ — प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट खैरो हेरोइन १ सय ग्राम सहित मोरङ विराटनगर महानगरपालिका–८ बस्ने २० वर्षीय जितेन्द्र रायलाई पक्राउ गरेको छ । 

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले रायलाई विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २५४९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully