काठमाडौँ — प्रहरीले हत्या अभियोगमा पक्राउ परेका एक जनालाई सार्वजनिक गरेको छ ।
चन्द्रागिरि नगरपालिका–१० सतुंगल खरिबोटमा डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका–४ घर भएकी १७ वर्षीया सरिता तामाङको हत्या आरोपमा पक्राउ परेका गजुरी–३ घर भई काठमाडौं महानगरपालिका–१४ खड्का गाउँ बस्ने विश्वास तामाङलाई बिहीबार सार्वजनिक गरिएको हो ।
तामाङलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो । बुधबार दिउँसो सरिता आफ्नै कोठामा मृत फेला परेकी थिइन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
