अवैध हुन्डी कारोबारमा संलग्न ४ जना पक्राउ

पुस ३, २०८१

कान्तिपुर संवाददाता

4 people involved in illegal hundi business arrested

काठमाडौँ — अवैध हुन्डी कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका ९ एयरपोर्ट शम्भुमार्गस्थित सडक खण्डमा कारबाट ६८ लाख रुपैयाँ नगद र रकम उल्लेख गरिएका विभिन्न बैंकका ५ थान चेकसहित उनीहरूलाई  पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

प्रक्राउ पर्नेहरूमा काठमाडौं दोभान पुलका ४६ वर्षीय राजकुमार साहली, नयाँ बानेश्वरका १८ वर्षीय अवध सिंह, झापा मेचीनगरका २७ वर्षिय युवराज सुवेदी र अर्जुनधाराका ३२ वर्षीय प्रवेशकुमार पौडेल रहेका छन् । 

अवैध रूपमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिगएको प्रहरी टोलीले शंका लागि सोही स्थानमा रोकिराखेको प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको सेतो रङको हुन्डाई कम्पनीको क्रेटा कारलाई  जाँच गर्ने क्रममा सो नगद, विभिन्न बैंकका चेक र पाँच थान मोबाइल सामग्री फेला पारेको थियो । 

पक्राउ परेका व्यक्तिहरूलाई मुलुकी अपराध संहिता २०७४ को संशोधित १२५(क) बमोजीम हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइनेछ । 

कान्तिपुर

Link copied successfully