लागूऔषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ

मंसिर २९, २०८१

कान्तिपुर संवाददाता

4 people arrested with drugs from different places

काठमाडौँ — प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीबाट गाँजा करिब १ किलो ३ सय ग्रामसहित पक्राउ पर्ने २ जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–८ गोठाटारका सौगात दाहाल र मुगु खप्तड गाउँपालिका–४ घर भई कागेश्वरी मनोहरा–८ गोठाटार बस्ने कविराज शाही रहेका छन् । 

अस्थायी प्रहरी बिट गागलफेदी मनोहराबाट खटिएको प्रहरीले उनीहरुलाई बा.प्र–०२–०४४ प ५८५२ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा शुक्रबार गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै नागार्जुन नगरपालिका–५ छकडोल बस्ने शिव पुतुवार र धादिङ थाक्रे गाउँपालिका–३ बस्ने मंगले तामाङ पनि गाजासहित पक्राउ परेका छन् । प्रहरीले पुतुवारलाई उनको टहराबाट करिब २ किलो ८ सय ग्राम गाँजा र तामाङलाई काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ८५२३ नम्बरको बस चेक गर्नेक्रममा४ किलो ३ सय ग्राम गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully