काठमाडौँ — चोभारमा रहेको कबाडी संकलन केन्द्रमा आगलागी भएको छ । मंगलबार बिहान कबाडी गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
अहिले कीर्तिपुर नगरपालिकासहितका अन्य पालिकाका दमकल आएर आगो निभाइरहेका छन् । आगो कसरी लाग्यो भने यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीयलगायत मिलेर आगो निभाउने प्रयास भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
