नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने नेपाली पक्राउ

मंसिर २४, २०८१

कान्तिपुर संवाददाता

Gambling Nepali arrested in casino with fake Indian Aadhaar card

काठमाडौँ — प्रहरीले नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने चितवन राप्ती नगरपालिका–१ घर भई रातोपुल बस्ने विशाल बर्तौलालाई पक्राउ गरेको छ ।

बतौलालाई गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ठमेलस्थित छाँया सेन्टरमा रहेको क्यासिनो वाल्डो डाइनेस्टीमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । 

प्रहरीका अनुसार बर्तौलाले जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाएको खुल्न आएको हो । बर्तौलाले उक्त नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्डमार्फत उपत्यकाका विभिन्न स्थानमा रहेका क्यासिनोहरूमा प्रवेश गर्ने गरेका हुन् । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।  

कान्तिपुर

Link copied successfully