काठमाडौंमा जुवातास खेल्दै गरेका ९ जना नियन्त्रणमा

मंसिर २३, २०८१

कान्तिपुर संवाददाता

9 people who were playing gambling in Kathmandu were arrested

काठमाडौँ — काठमाडौंको नागार्जुन नगरपालिका–३, गैरीगाउँस्थित एक घरबाट जुवातास खेल्दै गरेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा दोर्जे लामा, हबबहादुर गुरुङ, राजु गुरुङ, कर्मा घ्याचेन लामा, थिले लामा र पेम्बा ग्याल्बो रहेका छन् । यस्तै विजय माया गुरुङ, कर्तु गुरुङ र रञ्जना लामालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।

जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले गैरीगाउँको हर्कबहादुरको घरमा छापा मरेर उनीहरूलाई पक्राउ गरेको हो ।

घटनास्थलबाट ताससहित नगद २ लाख ९९ हजार ७ सय ४५ रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully