जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका थप ७ जना सार्वजनिक 

मंसिर २३, २०८१

कान्तिपुर संवाददाता

7 more people who were arrested while playing gambling were released

काठमाडौँ — प्रहरीले काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने दिलबहादुर लामगादेको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ पर्ने लामगादेसहित ७ जनालाई आइतबार सार्वजनिक गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरुलाई गोप्य सूचनाका आधारमा शनिबार दिउँसो छापा मारेर जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धादिङ घर भई बालाजु बस्ने राजकुमार बिक, नुवाकोट घर भई डल्लु आवासमा बस्ने राजन सुनार, दोलखा घर भई डल्लु बस्ने अनिल बिक, बारा घर भई बनस्थली बस्ने विक्रम मगर छन् । 

त्यस्तै दोलखा घर भई डल्लु बस्ने मेखबहादुर बिक, नुवाकोट घर भई कीर्तिपुर बस्ने बुद्धि सुनार छन् ।

प्रहरीले उनीहरूलाई ६३ हजार नगदसहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully