काठमाडौँ — 'सर्बिया पठाइदिन्छु' भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बिजुलकोट घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९ नयाँबस्ती बस्ने उखिल बम्जन र कैलाली टिकापुर नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१० बुद्धनगर बस्ने कमल रावल रहेका छन् ।
प्रहरीका अनुसार उखिलले पीडितबाट १ लाख ४० हजार रूपैयाँ र कमलले अर्का पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।
