होस्टेल, कार्यालय र घरबाट ल्यापटप चोरी गर्ने दुई जना पक्राउ

मंसिर १९, २०८१

कान्तिपुर संवाददाता

Two arrested for stealing laptops from hostels, offices and homes

काठमाडौँ — प्रहरीले श्रृंखलाबद्ध रुपमा होस्टेल, कार्यालय, घरबाट ल्यापटप चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१५ घर भई भोटेबाहल बस्ने हिमाल रसाईली,  डडेल्धुरा बागेश्वर गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–२ बस्ने भोज बहादुर थलाल छन् ।

उनीहरुले ललितपुर महानगरपालिका–३, ४, १० र १५ मा विभिन्न मितिमा गरेर २६ थान ल्यापटप चोरी गरेको खुल्न आएको छ ।

प्रहरीका अनुसार रसाईली यस भन्दा पहिला चोरी मुद्दामा ८ पटक र अभद्र व्यवहार मुद्दामा ५ पटक र थलाल १ पटक चोरी मुद्दामा कारवाहीमा परिसकेका हुन्  ।

दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully