वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

Two people were arrested for cheating by saying that they will send them to work abroad

काठमाडौँ — वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२० भिमसेनस्थान बस्ने निराजन मानन्धर र पाल्पा पूर्वखोला गाउँपालिका–५ बिरकोट घर भई काठमाडौं–२६ नयाँ बसपार्क बस्ने चन्द्रप्रकाश झेडी रहेका छन् । 

प्रहरीका अनुसार पक्राउ परेका मध्ये निराजनले इजरायल पठाइदिन्छु भन्दै पीडितबाट २ लाख रूपैयाँ र चन्द्र प्रकाशले बोस्निया पठाइदिन्छु भन्दै पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully