काठमाडौँ — काठमाडौंको थापाथली क्याम्पसमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व एड्स दिवस-२०२४ को अवसरमा त्रिवि कर्मचारी संघ इन्जिनियरिङ अध्ययन संस्था थापाथली क्याम्पस एकाइ समिति तथा युवा रेडक्रस सर्कल इन्जिनियरिङ अध्ययन थापाथलीको सह–आयोजनामा आइतबार रक्तदान कार्यक्रम भएको हो ।
युवा रेडक्रस सर्कल थापाथलीसँगको प्राविधिक सहकार्यमा भएको कार्यक्रममा ७५ जनाले रक्तदान गरेको त्रिवि कर्मचारी संघ इन्जिनियरिङ अध्ययन संस्था थापाथली क्याम्पस एकाइ समितिका सभापति ईश्वर कार्कीले जानकारी दिए ।
कार्यक्रम प्रमुख अतिथि काठमाडौं महानगरपालिका-११ का वडाध्यक्ष हिरालाल तण्डुकारले उद्घाटन गरेका थिए । वडाध्यक्ष तण्डुकारबाट नेपाल रेडक्रसका संस्थापक जिन हेनरी ड्युनाको तस्बिरमा फूलमाला अर्पण तथा ब्यानर खोल्दै औपचारिक उद्घाटन गरेका थिए ।
कार्यक्रममा थापाथली क्याम्पस प्रमुख डा. खेम ज्ञवाली, त्रिवि कर्मचारी संघ केन्द्रीय संभापति छत्रबहादुर कार्की, नेपाल रेडक्रस सोसाईटी काठमाडौं जिल्ला सभापति श्यामकाजी डोटेल, नेपाल रेडक्रस सोसाईटी सेन्टल ब्लड बैंक डेपुटी डाईरेक्टर डा. प्रकाश यादव, काठमाडौं जिल्ला जुनियर तथा युवा रेडक्रस सर्कलका संयोजक लक्ष्मीप्रसाद कुइँकेल लगायत कार्यक्रम आयोजक टिम, स्वयंसेवक तथा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति थियो ।
