काठमाडौँ — प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित इलाम माई नगरपालिका–५ बस्ने सञ्जय नेम्वाङलाई सोमबार बिहान पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त टोलीले इलामबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१–०१–००१ ख ४३७१ नम्बरको बस चेक गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
