बस र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

कार्तिक १८, २०८१

कान्तिपुर संवाददाता

One person died when a bus and a motorcycle collided

भक्तपुर — मध्यपुर थिमी नगरपालिका–४ चारदोबाटोमा आइतबार मोटरसाइकल र बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ख २९९६ नम्बरको मयुर यातायातको बस र सोही दिशातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२८प ०५३९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार चाँगुनारायण—७ बागेश्वरी बस्ने ४५ वर्षीया अप्सरा फुयालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते फुयालको भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले बस र मोटरसाइकलसहित दुवै चालकलाई नियन्त्रणमा लिएको छ ।

कान्तिपुर

Link copied successfully