धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिएको भन्दै एक युट्यूबर पक्राउ

कार्तिक ९, २०८१

कान्तिपुर संवाददाता

A YouTuber was arrested for making expressions that disturb religious tolerance

काठमाडौँ — धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिएको भन्दै प्रहरीले एक युट्यूबरलाई पक्राउ गरेको छ । 

प्रहरीले खोटाङको हलेसीतुवाचुङ नगरपालिका -८ घर भई सुनसरी धरान बस्ने ४२ वर्षीय नयन्द्र कुमार राईलाई धरानबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो । 

राईले सामाजिक सञ्जाल युट्यूब लगायत डिजिटल प्लेटफर्महरूबाट धार्मिक सहिष्णुतामाथि आघात पुर्‍याउने, घृणा वा द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने श्रव्य दृश्य सामाग्री निर्माण तथा प्रसारण गरेको प्रहरीको आरोप छ ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully