सातदोबाटोमा सडकमै बसमा आगलागी

कार्तिक ३, २०८१

रासस

A bus caught fire on the road in Satdobato

ललितपुर — ललितपुरको सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बसमा अचानक आगलागी भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । तर बस भने पूर्णरुपमा जलेको छ ।

ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक शनिबार अपराह्न चक्रपथमा चल्ने  महानगर यातायातको  बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । 

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी  भएको प्रहरीको भनाइ छ । 

बसमा आगलागी  भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुईवटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ । 

रासस

Link copied successfully