कोशी प्रदेश नामकरणको विरोधमा काठमाडौंमा प्रदर्शन
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीले काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रदेश १ को नाम कोशी नामकरण गरेर आदिवासी जनजातिको पहिचान नामेट गरेको भन्दै प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले बिहीबार तीनकुनेमा विरोध प्रदर्शनसहित सभा गरेको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![कोशी प्रदेश नामकरणको विरोधमा काठमाडौंमा प्रदर्शन](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/no-koshi-aandolan-tinkune-5-2922024123550-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिलगायतका संस्थाको आयोजनामा प्रदर्शन गरिएको हो ।
प्रदर्शनका क्रममा कालो झन्डासहित प्रदर्शनकारीले 'पहिचानविरोधी होसियार', 'कोशी प्रदेश खारेज गर', 'पहिचानको आधारमा सबै प्रान्तको नामकरण गर', 'संघीयता पुनः सीमांकन गर'लगायतका नारा लगाएका थिए । उनीहरूले प्रदेश १ को पहिचान मेट्ने काम गत वर्ष फागुन १७ गते भएको भन्दै यस दिनलाई कालो दिनका रूपमा मनाएको जनाएका छन् ।
सभामा बोल्दै जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले प्रदेश नम्बर १ को पुनः नामांकन गराइछाड्ने दाबी गरे ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)