कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

उपप्राध्यापक प्रेम चलाउनेको अनशन तोडियो

रासस

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले शुक्रबार अनशन तोडेका छन् । पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका चलाउनेलाई चितवनकी होमकुमारी बरालले दही खुवाएर अनशन तोडाएकी हुन् । 

उपप्राध्यापक प्रेम चलाउनेको अनशन तोडियो

मन्त्रिपरिषद् बैठकले चलाउनेलाई आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने त्यसको विरोधमा अनशन बसेका थिए । चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होमकुमारी बरालले नै बचाएकी थिइन् । उनी आजै चितवनबाट काठमाडौँ आएकी थिइन् ।

सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी आदेश दिएपछि उनले अनशन स्थगित गरेका हुन् ।

प्रकाशित : असार ८, २०८० २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?