१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

७३१ थान राहदानीसहित तीन पक्राउ

काठमाडौँ — नेपाल प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट सात सय ३१ थान राहदानीसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्ज र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले काठमाडौं महानगरपालिका–२६ स्थित वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगरस्थित गुल्मी पल्लीकोट गेष्टहाउसबाट तीन जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा गुल्मी छत्रपुर नगरपालिका–९ का ३८ वर्षीय मीनबहादुर सोमरे, सिन्धुली कमलामाई नगरपालिका–७ का ४४ वर्षीय शेरनारायण श्रेष्ठ र कञ्चनपुर बेतकोट नगरपालिका–३ का लोकजन खड्का रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटल तथा गेष्टहाउसमा बसेर वैदेशिक रोजगारसम्बन्धी अवैध गतिविधि गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रवक्ता मैनालीले बताए ।


प्रकाशित : माघ ५, २०७९ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?