१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काठमाडौंका निजी विद्यालयले आम्दानीको केही प्रतिशत रकम महानगरको शिक्षा कोषमा जम्मा गर्नुपर्ने

काठमाडौँ — काठमाडौं महानगरपालिकाका निजी विद्यालयहरुले आम्दानीको केही प्रतिशत रकम महानगरलाई दिनुपर्ने भएको छ । महानगरको शिक्षा कोषमा आम्दानीको केही प्रतिशत रकम ती विद्यालयहरुले हाल्नुपर्ने महानगरका मेयर बालेन्द्र शाहले बताए ।

काठमाडौंका निजी विद्यालयले आम्दानीको केही प्रतिशत रकम महानगरको शिक्षा कोषमा जम्मा गर्नुपर्ने

आगामी आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाहले उक्त रकम विपन्न विद्यार्थीहरुका लागि खर्च हुने बताए । यस्तै, महानगरले जीवनपयोगी शिक्षालाई जोड दिने नीति लिएको मेयर शाहले जनाए ।

महागरमा कक्षाा १ देखि ८ सम्म पढाइ हुँदै आएको नेपाल भाषा कक्षालाई निरन्तरता दिइने उनले बताए । स‌ंस्थागत विद्यालयको शुल्क पुनःनिर्धारण गरेर वैज्ञानिक ढ‌ंगबाट बनाउने नीति महानगरले लिने मेयर शाहको भनाइ छ ।

दरबार हाइस्कुललाई देशकै नमुना विद्यालय बनाउने नीति महानगरले लिएको छ । यस्तै, सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने, थप २ वटा सामुदायिक विद्यालयमा प्राविधिक विषयमा अध्यायपन गराइने मेयर शाहले बताए ।

यस्तै, काठमाडौं महानगरपालिकाले महानगर जनस्वास्थ्य ऐन जारी गर्ने, सहरी स्वास्थ्य केन्द्र बनाउने, नियमित स्वास्थ्य जाँच गरिने बताए ।

प्रकाशित : असार ५, २०७९ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?