बालाजुमा विस्थापितको रिले अनशन [तस्बिरहरु]

काठमाडौँ — उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको अगुवाईमा बालाजु क्षेत्रमा रिले अनशन जारी राखिएको छ । सडक विस्तारको क्रममा बालाजु-बाइपास क्षेत्रमा रहेका दुई घर भत्काइएपछि विस्थापितहरुले शनिबारदेखि रिले अनशन थालेका हुन् ।
बाइपासमा सार्वजनिक बिदा (गाईजात्रा) को अवसरमा ५ वटा डोजरले बाइसधारा र बाइपास जोड्ने सडक खण्डमा रहेका दुई घर भत्काएका थिए ।
![बालाजुमा विस्थापितको रिले अनशन [तस्बिरहरु]](https://assets-cdn-api.kantipurdaily.com/thumb.php?src=https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2020/miscellaneous/reley-3-0982020015907-1000x0.jpg&w=1000&h=0)
अनशनकारीले प्रहरी प्रशासनको रोहबरमा आधार र सूचनाबिना घर भत्काएको आरोप लगाएका छन् ।
अदालतले सडक विस्तार हाललाई रोक्न भन्दै अन्तरिम आदेश दिइए पनि आफूहरुको घर घत्काइएकोमा स्थानीयले विरोध जनाएका छन् ।