१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

कतारबाट फर्किएका १४९ जना खरिपाटी क्वारेन्टाइनमा  

भक्तपुर — शुक्रबार कतारबाट फर्किएका १४९ जनालाई त्रिभुवन विमानस्थलबाट सिधै चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा पुर्‍याइएको छ । कतारबाट १ बालिका, ६ महिला सहित १४९ नेपाली कामदार शुक्रबार कतार एयरवेयजमार्फत त्रिभुवन विमानस्थल आइपुगेका हुन् । 

कतारबाट फर्किएका १४९ जना खरिपाटी क्वारेन्टाइनमा  

एउटै विमानमा आएकामध्ये केहीलाई कोरोना भाइरस (कोभिड–१९) शंकास्पद देखिएको र उनीहरुलाई ‘होल्डिङ सेन्टर’ नलगी सिधै क्वारेन्टाइन पुर्‍याएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

उनीहरुलाई त्रिभुवन विमानस्थलबाट नेपाली सेना, नेपाल प्रहरीको स्कर्टिङमा नेपाली सेनाका ९ वटा बसबाट क्वारेन्टाइन पुर्‍याइएको हो । क्वारेन्टाइनमा राखिएकाहरुलाई नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ । क्वारेन्टाइनमा राखिएकाहरुलाई खाने, बस्नेको व्यवस्था गर्ने, व्यक्तिगत रेकर्ड राख्नेलगायत कार्य गर्दै आएको छ ।


प्रकाशित : असार २६, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?