२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२
निर्भीक नारी

अरुको देखासिकी गर्दा झन् पछि पर्दै छौं : कृति श्रेष्ठ

काठमाडौँ — महिला उद्यमी संघ मोरङ च्याप्टरकी अध्यक्ष कृति श्रेष्ठले कोशी प्रदेशमा क्षणिक आकर्षणले व्यवसायमा होमिँदा समस्या भएको बताइन् । कोशी प्रदेशमा महिला नेतृत्व अगाडि रहे पनि मास्टरप्लान नबनाइ अघि बढ्दा झन् पछाडि परिएको उनले बताइन् ।

अरुको देखासिकी गर्दा झन् पछि पर्दै छौं : कृति श्रेष्ठ

'क्षणिक आकर्षणले गर्दा हामी अर्काले जे व्यवसाय गर्छन्, त्यही व्यवसाय गर्छौं । हामी त्यतातर्फ नजाऔं । हामी कति सक्षम छौं, आत्माविश्वासी छौं ? हाम्रो उद्यमशीलता, सिप र क्षमतालाई मूल्यांकन गरेर अगाडि बढ्नुपर्छ,' उनले भनिन् ।

व्यवसायमा भिजन र निरन्तरताको कमजोरी पहिल्याउँदै अगाडि बढ्न सक्नुपर्ने उनको धारणा छ । 'कोशी प्रदेशमा राम्रा उद्यमीहरु हुनुहुन्छ । तर उहाँहरूको निरन्तरता छैन । भिजन र योजना छैन । कसरी मेरो व्यवसायलाई अगाडि बढाउने भन्नेतर्फको मूल्यांकन गर्नुपर्छ । उसले यो व्यवसाय थाल्यो, अब त्यही गरौं भन्ने देखासिकी गर्छौं,' उनले भनिन्, 'हामी सबै उद्यमी हुन सक्छौं । आत्मनिर्भर पनि छौं । बजेट पर्खन्छौं, हामी पहिला काम गरौं न । सरकार त्यसै पनि हाम्रो ढोकामा आउनुहुन्छ ।' २४ वर्षदेखि उद्यमशीलता लागेकी उनले आफूले सरकारबाट व्यवसायमा अहिलेसम्म कुनै अनुदान नपाएको बताइन् ।

‘महिलामा लगानी गरौं, प्रगतिको गति बढाऔं’ नारासहित नारी मासिकले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्थानीय आवाज उजागर गर्न यस पटक कोशी प्रदेशमा कार्यक्रम आयोजना गरेको हो ।

प्रकाशित : फाल्गुन २३, २०८० १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?