१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

स्वास्थ्य उपकरण वितरणमा तीन तहको सरकारको समन्वय मिलेन : सचिव देवकोटा

काठमाडौँ — कोशी प्रदेशस्थित स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले स्वास्थ्य उपकरण तथा औजार वितरणमा तीन तहको सरकार समन्वय नमिलेको बताइन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकले बुधबार विराटनगरमा आयोजना गरेको निर्भीक नारी कार्यक्रमको तेस्रो सत्र ‘स्वस्थ महिलाः स्वस्थ मुलुक’ मा उनले केन्द्र, प्रदेश र स्थानीय तहको समन्वय नमिलेको बताएकी हुन् ।

स्वास्थ्य उपकरण वितरणमा तीन तहको सरकारको समन्वय मिलेन : सचिव देवकोटा

‘कोभिडमा आइसियु चाहिन्छ भन्ने भान भयो, केन्द्रबाट दुरदराजसँगै सुनसरी, मोरङ अस्पतालमा पनि उस्तै किसिमको उपकरण पठायो, तर दुरदराजमा उपकरण चलाउने मान्छे छैन्,’ उनले भनिन्, ‘त्यस्ता ठाउँमा उपकरण स्टोरमा छन् । पहिला सामान ल्याउने अनि सामान राख्ने घर बनाउने त्यसपछि मात्रै उपकरण चलाउने डाक्टर खोज्ने हाम्रो सिस्टम छ । त्यसकारण केही ठाउँमा उपकरण थन्किएका पनि हुन सक्छ ।’

यद्यपी अस्पताललाई अलपत्र पाने प्रदेश सरकारको नीति नरहेको उनले स्पष्ट पारिन् । ‘प्रदेशले सकेसम्म हरेक तहमा आफ्नो तहको सेवा दिन लागि परेका छौं, मानव संसाधानको समस्या भएको हो,’ उनले भनिन्, ‘सरकारी अस्पतालमा सेवा पाइदैन र प्राइभेटमा पाइन्छ तर डाक्टर एउटै हो । विश्वासको कुरा हो । आफ्नो दृष्ट्रिकोण र आफूलाई नबदलिकन आफ्नो सेवा र अस्पताल बदलिदैन ।’ ‘महिलामा लगानी गरौं, प्रगतिको गति बढाऔं’ नारासहित नारी मासिकले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्थानीय आवाज उजागर गर्न यस पटक कोशी प्रदेशमा कार्यक्रम आयोजना गरेको हो ।

प्रकाशित : फाल्गुन २३, २०८० १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?