'नेपाली उद्योगमा भारतीय जनशक्तिको भर'

फाल्गुन २३, २०८०

कान्तिपुर संवाददाता

'Indian manpower in Nepali industry'

काठमाडौँ — स्वदेशमा दक्ष सिप भएका जनशक्ति नपाए पछि भारतीय जनशक्तिमा भर पर्नु परिरहेको विराटनगरका युवा व्यवसायी गौरब दुगडले बताएका छन् ।

नारी मासिकले बुधबार विराटनगरमा आयोजना गरेको निर्भिक नारी कार्यक्रमको दोस्रो सत्र ‘स्वदेशमै रोजगार : युवा सरोकार’ विषयमा बोल्दै दुगडले राजनीतिक अस्थिरतालाई दोष दिँदै युवा विदेशिने गरेकोमा चिन्ता व्यक्त गरे । ‘हाइड्रोपावर सेक्टर लगायतका क्षेत्रमा यहाँ यति धेरै अवसर छ, यो थाहा नपाएर युवाहरु राजनीतिक अस्थिरताले अवसर छैन भनेर विदेश लागिरहेका छन्,’ दुगडले भने, ‘हामीलाई सिप भएको जनशक्ति आवश्यक छ, भारतको मेनपावर यता अपरेटर, उद्योगतिर आइरहेका छन् ।’ 

रोजगार विज्ञ एवं नेपाल पोलिसी इन्स्टिच्युट अन्तर्राष्ट्रिय थिंक ट्याकंको बोर्ड अफ डाइरेक्टर सरु जोशीका अनुसार नेपालमा वार्षिक सात लाख मानिस वैदेशिक रोजगारीका लागि नेपाल आउने गर्छन् । ती मध्ये अधिकांश भारतीय नै हुने गरेका छन् । नेपालमा प्राविधिक, रोजगारी, आतिथ्य क्षेत्रका लागि भारतबाट जनशक्ति आउने गरेका छन् । 

‘महिलामा लगानी गरौं, प्रगतिको गति बढाऔं’ नारासहित नारी मासिकले ११४ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा स्थानीय आवाज उजागर गर्न यस पटक कोशी प्रदेशमा कार्यक्रम आयोजना गरेको हो । 

कान्तिपुर

Link copied successfully