नेतृत्व चयनका विषयमा दुई समूहबीच सोमबार दिउँसो कुटाकुट भएको हो ।
सिरहा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिरहा जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । नेतृत्व चयनका विषयमा दुई समूहबीच सोमबार दिउँसो कुटाकुट भएको हो ।
जिरोमाइलस्थित अधिवेशनस्थलमा झडपमा परेर र्यापिड एक्सन टिमका जिल्ला प्रमुख दिनेश थापालगायत घाइते छन् । जिल्ला कार्यसमिति नेतृत्व पाउने पर्ने विषयमा बढेको विवादका कारण झडप हुन पुगेको हो ।
यो अधिवेशनमा सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली सभापतिका आकांक्षी छन् । जसमा रामसोगारथले आफू सर्वसम्मत हुनुपर्ने बताउँदै आएका छन् भने सुभाष र हरिले चुनावमार्फत् नेतृत्व चयन हुनुपर्ने माग गर्दै आएका छन् ।
जिल्ला अधिवेशन विवादित बनेपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार बिहान ९ बजेसम्मका लागि नेतृत्व चयन प्रक्रिया स्थगित गरेको छ ।
आयोगका प्रमुख भुवन केसीले एक विज्ञप्ति जारी गर्दै भोलिदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाएका छन् ।
