प्रदेश प्रमुख सुरेन्द्र लाभले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
जनकपुर — सत्ता सारथि दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच सहमति जुटेपछि मंगलबार साँझ नियुक्त भएका ६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभले सबै नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
एमालेबाट ४ जना मन्त्रीले पदभार सम्हालेका छन् । एमालेबाट शारदा थापालाई श्रम तथा यातायात, मनोज सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालय, लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण र मोहम्मद समिरलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यस्तै, नेकपाबाट संसदीय दलका नेता युवराज भट्टराईलाई अर्थमन्त्रीमा नियुक्त गरिएको छ ।
स्वास्थ्यमन्त्री रहेका कांग्रेसका जंगीलाल रायलाई हटाएर त्यो ठाउँमा कांग्रेसकै सांसद नागेन्द्र शाहलाई स्वास्थ्यमन्त्री बनाइएको छ ।
