दलित महिलालाई कुटपिट गरेको आरोपमा पक्राउ

नरहा-३ खोरियाकी दलित समुदायकी ६० वर्षीया फूलकुमारी खत्वेलाई उनले गत वैशाख २७ गते अपराह्न निर्घात कुटपिट गरेका थिए ।

जेष्ठ ९, २०८३

विनय आजाद

Arrested for assaulting Dalit woman

सिरहा — सिरहामा दलित महिलालाई कुटपिट गरेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका-३ का अन्दाजी ५० वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

नरहा-३ खोरियाकी दलित समुदायकी ६० वर्षीया फूलकुमारी खत्वेलाई उनले गत वैशाख २७ गते अपराह्न निर्घात कुटपिट गरेका थिए । प्रहरीका अनुसार, चराउन लगिएको भैंसी आफ्नो खेतमा गएको भन्दै आफूलाई कुटपिट गरेको कुरा पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

पीडितले अभद्र व्यवहारसम्बन्धी कसुरमा दिएको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ पुर्जी लिएर उनलाई चोहर्वाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान प्रहरीले गरिरहेको छ । आरोपित यादव रास्वपा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । 

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully