सशस्त्र प्रहरीले नवराजपुर गाउँपालिका-५ देवनगरबाट अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।
सिरहा — सिरहास्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ४० लाख बराबरको अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले नवराजपुर गाउँपालिका-५ देवनगरबाट अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रकबाट ४० लाख रुपैयाँ मूल्य बराबरको कस्मेटिक, दन्तमन्जन, ओखरलगायतका राजस्व छलीका सामान बरामद भएको सिरहाका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए ।
यस्तै, स १ ख ५३५ नम्बरको मिनी ट्रक र स्थानीय ५० वर्षीय राजेश यादव र ३९ वर्षीय आनन्द यादवलाई पनि नियन्त्रणमा लिइएको छ । अवैध सामानसहित ट्रक भारततर्फ गइरहेको सूचनापछि त्यसलाई नियन्त्रणमा लिन ३५ जना सुरक्षाकर्मी खटिएका थिए ।
सशस्त्र प्रहरीले सामानसहित गाडी र मानिसलाई आवश्यक काबाहीका लागि भन्सार कार्यालय बुझाउने तयारी गरिरहेको छ ।
