जनमत संसदीय दलको नेतामा सिंह

मधेश प्रदेशमा कांग्रेस नेतृत्वमा रहेको सरकारबाट समर्थन फिर्ता लिएको जनमत पार्टीभित्र विवाद बढेको छ ।

वैशाख २२, २०८३

अजित तिवारी

Singh becomes leader of Janmat Parliamentary Party

जनकपुर — जनमत पार्टीले मधेश प्रदेशको संसदीय दलको नेतामा चन्दन सिंहलाई जिम्मेवारी तोकेको छ । 

 

जनमतका अध्यक्ष सीके राउतले जारी गरेको पत्रमा मधेश प्रदेशका प्रमुख सचेतक सिंहलाई दलको नेता चयन गरिएको जनाइएको छ । 

 

मधेश प्रदेशमा कांग्रेस नेतृत्वमा रहेको सरकारबाट समर्थन फिर्ता लिएको जनमत पार्टीभित्र विवाद बढेको छ ।

 

यता प्रदेश सरकारका अर्थमन्त्री रहेका जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले छुटै पत्र लेखेर मधेश प्रदेश सरकारलाई गरेको समर्थन फिर्ता नलिएको जनाएका छन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully