सिरहाका सशस्त्रका डीएसपी गालीगलौज गरेको घटनामा बर्दिबास तानिए

स्थानीयलाई गालीगलौज गरेको घटनामा उनी सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी–२ महोत्तरी तानिएका हुन् ।

वैशाख १४, २०८३

विनय आजाद

Bardibas dragged into Siraha DSP's abusive speech incident

सिरहा — सशस्त्र प्रहरी बल माडर, सिरहाअन्तर्गत बरियारपट्टी क्षेत्रमा कार्यरत सशस्त्रका डीएसपी विजय हमाल बर्दिबासस्थित प्रदेश कार्यालय तानिएका छन् । स्थानीयलाई गालीगलौज गरेको घटनामा उनी सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी–२ महोत्तरी तानिएका हुन् ।

हुलाकी राजमार्गअन्तर्गत बरियारपट्टी सीमा क्षेत्रमा आइतबार बिहान सशस्त्र प्रहरीले अवैध डिजेल नियन्त्रणमा लिएको थियो । त्यसक्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार डीएसपी हमालले स्थानीयलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए ।

यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी आवश्यक छानबिन र कारबाहीका लागि बर्दिबास तानिएका हुन् । हमाल संलग्न घटनाका विषयमा अनुसन्धान भइरहेको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully