वीरगन्जका विद्यालयमा वैसाख ७ देखि भर्ना अभियान

महानगरको शैक्षिक प्रशासन महाशाखाले वैसाख ७ देखि १५ सम्म भर्ना अभियान र १६ देखि कक्षा सन्चालन हुने जनाएको छ ।

वैशाख ६, २०८३

शंकर आचार्य

Admission campaign in Birgunj schools from Baisakh 7

पर्सा — वीरगन्ज महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि सोमबारदेखि विद्यार्थी भर्ना अभियान सन्चालन गर्ने भएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले वैसाख ७ देखि १५ सम्म भर्ना अभियान र १६ देखि कक्षा सन्चालन हुने जनाएको छ ।

महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले वैसाख ७ देखि १५ सम्म सामुदायिक तथा संस्थागत विद्यालयलाई सो अवधिमा भर्ना अभियान सञ्चालन, अभिलेखीकरण, वार्षिक कार्यतालिका, वार्षिक कार्ययोजना निर्माण, शिक्षक क्षमता विकास कार्यक्रम तथा विद्यालय सुधार योजना तयार पार्न पनि निर्देशन दिएको जानकारी दिएका छन् ।

वैसाख १६ देखि भने नियमित रूपमा पठनपाठन सञ्चालन गरिनेछ। महानगरका प्रमुखको निर्देशनअनुसार उक्त कार्यक्रम अघि बढाइएको शिक्षा प्रशासन महाशाखाले जनाएको छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully