सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु

किसुनवती घरमै बसिरहेको अवस्थामा शनिबार साँझ आएको हावाहुरीले घरमाथिको जस्ता उडाएको र त्यसपछि पर्खाल भत्किँदा इँटाले टाउकोमा गम्भीर चोट लागी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वैशाख ५, २०८३

विनय आजाद

A woman died when a house wall collapsed in Siraha.

सिरहा — हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्युु भएको छ ।

सखुवानन्कारकट्टी-२ मकरामपुरका स्थानीय विन्देश्वर यादवकी श्रीमती ६० वर्षीया किसुनवती यादवको शनिबार मृत्यु भएको हो ।

किसुनवती घरमै बसिरहेको अवस्थामा शनिबार साँझ आएको हावाहुरीले घरमाथिको जस्ता उडाएको र त्यसपछि पर्खाल भत्किँदा इँटाले टाउकोमा गम्भीर चोट लागी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै प्रहरी घटनास्थल पुगिसकेको र घटना मुचुल्कालगायतका कार्य गरी शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully