आजादले पत्रकारितामार्फत समाज र मुलुकमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।
काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका सिरहा संवाददाता विनय आजाद काठमाडौंमा सम्मानित भएका छन् । सिरहा समाज सेवाले पत्रकार आजादलाई सम्मान गरेको गरेको हो ।
आजादले पत्रकारितामार्फत समाज र मुलुकमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । सिरहा घर भई काठमाडौंमा बस्दै आएका अगुवाहरूद्वारा सञ्चालित उक्त संस्थाले शनिबार काठमाडौंमा अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो । जसमा दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासलाई अभिनन्दन गरिएको छ ।
यसैगरी, सिरहाका ४ वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद, समानुपातिक सांसदसहित सिरहामा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा योगदान पुर्याएका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पनि सम्मान गरिएको संस्थाका अध्यक्ष विष्णुकुमार साहले जनाए ।
