स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ

बिहीबार दिउँसो साढे ३ बजेतिर सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर पर्सा, वीरगन्जबाट खटिएको चेकपोष्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको हिरो होण्डा मोटरसाइकल जाँच गरेको थियो ।

चैत्र १२, २०८२

शंकर आचार्य

A person was arrested with an undisclosed amount of money.

पर्सा — वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटबाट स्रोत नखुलेको नगदसहित एक व्यक्तिलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। 

बिहीबार दिउँसो साढे ३ बजेतिर सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर पर्सा, वीरगन्जबाट खटिएको चेकपोष्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको हिरो होण्डा मोटरसाइकल जाँच गरेको थियो । त्यसक्रममा मोटरसाइकल चालक वीरगन्ज–८ गहवा बस्ने ४४ वर्षीय अनिलकुमार साहले मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा प्याक गरी ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैयाँ १००० दरका ९०० थान नोट गरी ९ लाख रुपैयाँ बरामद भएको छ । 

बरामद नगद, मोटरसाइकल तथा नियन्त्रणमा लिइएका साहलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकृत डिएसपि मोहन निरौलाले जानकारी दिएका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully