स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ

वीरगन्ज महानगरपालिका-१६ भन्सार मेनगेटबाट सीमा सुरक्षा गुल्म वीरगन्जले ५० वर्षीय विनय शंकर साहलाई नियन्त्रणमा लिएको हो।

चैत्र ६, २०८२

कान्तिपुर संवाददाता

One arrested with Rs 2 million from unknown source

वीरगन्ज — चैत ६ गते बिहान पर्साबाट स्रोत नखुलेको २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक व्यक्तिलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिका-१६ भन्सार मेनगेटबाट सीमा सुरक्षा गुल्म वीरगन्जले ५० वर्षीय विनय शंकर साहलाई नियन्त्रणमा लिएको हो।

भारतबाट बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा चेक गर्ने क्रममा मोटरसाइकलको सिट कभरभित्र प्लास्टिकमा प्याक गरेर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नगदसहित नियन्त्रणमा लिइएको हो।

निजको साथबाट नेपाली रुपैयाँ २० लाख २ हजार ५० र भारतीय ६ सय रुपैयाँसमेत बरामद भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए । नियन्त्रणमा लिइएका व्यक्तिलाई नगद तथा सामानसहित भन्सार कार्यालय वीरगन्जमा बुझाइएको छ।

कान्तिपुर

Link copied successfully