रौतहट- २ मा कांग्रेसका मोहम्मद फिरदोस आलम विजयी

रौतहट- २ मा नेपाली कांग्रेसका मोहम्मद फिरदोस आलम विजयी भएका छन् ।

फाल्गुन २४, २०८२

शिव पुरी

Mohammad Firdos Alam of Nepali Congress wins in Rautahat-2

रौतहट — रौतहट- २ मा नेपाली कांग्रेसका मोहम्मद फिरदोस आलम विजयी भएका छन् । आलमले २९ हजार ५२८ मत पाएर विजयी भएका हुन् ।

उनका निकटतम नेपाली कम्युनिस्ट पार्टीका किरणकुमार साहले १८ हजार ४४२ मत पाए । राष्ट्रिय स्वतत्र पार्टीका शेख सागीरले ९ हजार ३२५ मत पाएका थिए ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट साह विजयी भएका थिए । यो क्षेत्रमा बिभिन्न पार्टी र स्वतन्त्रको गरि २६ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully