पर्सा–३ मा रास्वपाका चौरसीया निर्वाचित

चौरसीयाले २९ हजार ६ सय ७९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

फाल्गुन २४, २०८२

शंकर आचार्य

Chaurasia of RSP elected in Parsa-3

पर्सा — पर्सा निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्तप्रसाद चौरसीया प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 

अन्तिम मतपरिणामअनुसार चौरसीयाले २९ हजार ६ सय ७९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी ले १६ हजार ३ सय ६६ मत प्राप्त गरे। 

चौरसीयाले चौधरीलाई १३ हजार ३ सय १३ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार रुपेशकुमार पाण्डेयले ११ हजार ९ सय १४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका छोटेलाल प्रसाद यादवले २ हजार १ सय ३७ मत प्राप्त गरेका छन् । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully