रास्वपाका साहले ४० हजार ६ सय ९७ मत ल्याउँदै जित हात पारेका छन्
बारा — बारा ३ मा नेपाली कांग्रेसका सह- महामन्त्री फर्मुल्लाह मन्सुर पराजित भएका छन् । उनलाई रास्वपाका अरबिन्द साहले पराजित गरेका हुन् ।
रास्वपाका साहले ४० हजार ६ सय ९७ मत ल्याउँदै जित हात पारेका छन् । कांग्रेसका मन्सुरले १० हजार ५२ मत ल्याए ।
जनता समाजवादी पार्टी नेपालका रामबाबु यादवले ६ हजार ८ सय ८४ मत ल्याए भने नेकपा एमालेकी ज्वालाकुमारी साहले ५ हजार २ सय ७१ मत पाएकी छन् ।
