रौतहट-४ मा रास्वपाका गणेश पौडेलको सुरुवाती अग्रता

निर्वाचन अधिकृतको कार्यालय चन्द्रनिगाहपुरका अनुसार ७७४ मत गन्दा पौडेलले ४४३ मत प्राप्त गरेका छन् ।

फाल्गुन २२, २०८२

शिव पुरी

RSP's Ganesh Poudel's initial lead in Rautahat-4

रौतहट — रौतहट -४ मा रास्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले प्रारम्भिक अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय चन्द्रनिगाहपुरका अनुसार ७७४ मत गन्दा पौडेलले ४४३ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराईले १५३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले ९४, नेकपा एमालेका रामजी साहले २१ मत पाएका छन् ।

सुरुवाती ७७४ मत गणना हुँदा ४४ मत बदर भएको छ । यो क्षेत्रमा  ७३ हजार ३९७ मत खसेको थियो ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully