सर्लाहीको जब्दी केन्द्रमा रोकिएको मतदान पुन: सुरु

प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियासहितको छलफलले विवाद समाधान गरेको हो ।

फाल्गुन २१, २०८२

राजेश मिश्र

Polling resumes after halt at Sarlahi's Zabdi center

सर्लाही — सर्लाही-४ अन्तर्गत बलराको जब्दी मतदान केन्द्रमा मतदान पुन: सुरु भएको छ ।

जब्दीस्थित श्री प्रावि मतदान केन्द्रमा एक जना वृद्धले आफन्तबाहेक अरूको सहयोगबाट मतदान गर्ने प्रयास गरेपछि पोलिङ एजेन्टबीच विवाद भएको थियो ।

प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियासहितको छलफलले विवाद समाधान गरेको हो । करिब ४५ मिनेट स्थगन भएको मतदान फेरि शान्तिपूर्ण तवरले सञ्चालन भइरहेको छ ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully