बर्दिवासको प्रेमनगर केन्द्रमा २ घण्टापछि मतदान पुन: सुरु

दुई पक्षबीच विवाद भएपछि महोत्तरीको बर्दिवासस्थित प्रेमनगर मतदान केन्द्रमा स्थगित मतदान प्रक्रिया सञ्चालन भएको छ ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Voting resumes after 2 hours at Premnagar center in Bardibas

महोत्तरी — दुई पक्षबीच विवाद भएपछि महोत्तरीको बर्दिवासस्थित प्रेमनगर मतदान केन्द्रमा स्थगित मतदान प्रक्रिया सञ्चालन भएको छ । सो मतदान केन्द्रमा २ घण्टापछि मतदान पुन: सुरु भएको हो ।

केही मतदाताले दोहोर्‍याएर मतदान गर्ने प्रयास गरेपछि विवादको  स्थिति सिर्जना भएको थियो । साढे १० बजेदेखि स्थगित भएको मतदान १२ बजेर ४० मिनेटमा पुन:  सुरु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

विवादको क्रममा वडाध्यक्ष भोरिल यादव तथा नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूबीच झडप हुँदा वडाध्यक्ष यादव सामान्य घाइते समेत भएका थिए ।

कान्तिपुर

Link copied successfully