सिरहामा शान्तिपूर्ण मतदान सम्पन्न, ६५ प्रतिशत हाराहारी मत खस्यो

चार निर्वाचन क्षेत्र रहेको सिरहामा कुल ४ लाख ५३ हजार ६४५ मतदाता छन् ।

फाल्गुन २१, २०८२

विनय आजाद

Peaceful voting in Siraha, turnout around 65 percent

सिरहा — सिरहामा कुल मतदाता संख्यामध्ये ६५ प्रतिशत हाराहारी मत खसेको छ । सिरहा जिल्लाभरमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म ६५ प्रतिशत हाराहारी मत खसेको हो ।

चार निर्वाचन क्षेत्र रहेको सिरहामा कुल ४ लाख ५३ हजार ६४५ मतदाता छन् । सिरहा–१ मा एक लाख ११ हजार ९४९, सिरहा–२ मा एक लाख १५ हजार ७६०, सिरहा–३ मा एक लाख १९ हजार २५० र सिरहा–४ मा एक लाख ६ हजार ६८६ मतदाता छन् ।

जिल्लाका विभिन्न स्थानमा गरी मतदानका लागि ५ सय ३८ मतदान केन्द्र कायम गरिएको थियो । जिल्लाभरमा शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

'कुनै कुनै ठाउँमा उम्मेदवारका प्रतिनिधिहरूबीच फाट्टफुट्टबाहेक त्यस्तो कुनै नराम्रो हुन पाएन,' उनले भने, 'जिल्लाभरमा समग्रमा शान्तिपूर्ण ढंगले मतदान भएको छ ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully