चारवटै क्षेत्रमा ४ लाख ३६ हजार ६११ मतदाता सहभागी हुँदै छन् ।
रौतहट — रौतहटमा रहेको चारवटै निर्वाचन क्षेत्रमा अहिले शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ ।
रौतहटका चारवटै क्षेत्रमा ४ लाख ३६ हजार ६११ मतदाताले आज मतदानमा सहभागिता जनाउँदै छन् । प्रत्येक मतदान स्थलहरुको नियमित गस्तीको व्यवस्था गरिएको छ ।
बिहानैदेखि अधिकांश मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ । कतिपय स्थानमा मतदाता बिहानैदेखि लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार मतदान स्थलमा करिब १० मिनेटको अन्तरालमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली गस्ती गरिरहेको छ ।
