एक व्यक्तिले ४ पटकसम्म मतदान गरेको आरोप स्थानीयको छ ।
महोत्तरी — दुई पक्षबीच विवाद भएपछि महोत्तरीको बर्दिबासस्थित प्रेमनगर मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको छ।
केही मतदाताले दोहोर्याएर मतदान गर्ने प्रयास गरेपछि विवाद भएको थियो । एक व्यक्तिले ४ पटकसम्म मतदान गरेको आरोप स्थानीयको छ । वडाध्यक्ष भोरिल यादव तथा नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच झडप हुँदा वडाध्यक्ष यादव सामान्य घाइते भएका छन् ।
केही समय मतदान स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
मतदान प्रक्रिया सञ्चालन गर्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
